हामी सरकारमा जादैनौ, प्रतिपक्षी भूमिकामै केन्द्रित रहन्छौस् हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल सरकारमा सहभागी नहुने स्पष्ट पार्दै वर्तमान जनादेश अनुसार प्रतिपक्षी भूमिकामै केन्द्रित रहने बताएका छन्।
काठमाडौँमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले जनताबाट प्राप्त मत सरकार सञ्चालनका लागि नभई प्रश्न उठाउने जिम्मेवारीका लागि भएको उनले बताए। उनका अनुसार पार्टीले सोही जनादेश अनुसार काम अघि बढाउनेछ।
सरकारमा सहभागी हुन सक्ने सम्भावनाबारे गरिएको जिज्ञासामा उनले स्पष्ट रूपमा अस्वीकार गर्दै, राम्रो कार्यलाई समर्थन र त्रुटिपूर्ण कामको आलोचना गर्ने नीति अपनाइने बताए।
साम्पाङले रवि लामिछानेलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने धारणा पुनः दोहोर्याए। उनले प्रधानमन्त्री पदमा रहने व्यक्तिले प्रतिपक्षबाट उठाइने प्रश्नहरूको जवाफ दिन सक्ने क्षमता राख्नुपर्ने उल्लेख गरे।
आफूले पूर्वनिर्वाचन अवधिमा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएको प्रसंगमा उनले त्यसलाई राजनीतिक सन्दर्भको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै अन्ततः निर्णय जनमतबाट निर्धारण हुने बताए। उनका अनुसार हालको परिणामले आफूलाई उक्त जिम्मेवारीका लागि जनसमर्थन प्राप्त नभएको संकेत गरेको छ।
साम्पाङले मतदाताको निर्णयलाई अन्तिम मान्यता दिँदै आफू जनताभन्दा माथि नभएको र उनीहरूको अपेक्षाअनुसार नै भूमिका निर्वाह गरिने बताएका छन्।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend