काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरणको समग्र छानबिनका लागि छुट्टै आयोग गठन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
आज काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विगतका विभिन्न कालखण्डमा सरकार सञ्चालनमा सहभागी भएका र सार्वजनिक जीवनमा संलग्न व्यक्तिहरूको सम्पत्ति पारदर्शी रूपमा परीक्षण गर्न आवश्यक रहेको बताए।
उनका अनुसार यदि अनियमित तरिकाले आर्जित सम्पत्ति पुष्टि भएमा कानुनी प्रावधानअनुसार जफत गर्नुपर्ने व्यवस्था गरिनु उपयुक्त हुने उल्लेख गरे।
थापाले आगामी सरकार गठनको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले समेत सम्पत्ति छानबिनसम्बन्धी संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रसंग जोड्दै, नयाँ सरकारले उक्त विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
उनले यस्तो प्रकृतिको आयोग स्थापना गरिएमा आफ्नो दलबाट आवश्यक सहयोग उपलब्ध हुने बताए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend