Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिकाको बेवास्तापछि स्थानीय युवाले आफैं बनाए सडक, ८६ हजार खर्चेर ३०० मिटर मर्मत


    मंगलबार, चैत्र १० २०८२
    335
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको बसवरिया गाउँपालिका–६ स्थित महरानी माई मन्दिर जाने मनटोला सडक स्थानीय युवाहरूले स्वयं मर्मत गरेका छन् । लामो समयदेखि जीर्ण बनेको उक्त सडक करिब १० महिनादेखि आवतजावतका लागि निकै कठिन बन्दै आएको थियो ।

    स्थानीयका अनुसार सडक मर्मतका लागि सम्बन्धित गाउँपालिका तथा वडा कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि कुनै पहल नभएपछि युवाहरू आफैं जुटेर सडक मर्मत गरेका हुन् ।

    स्थानीय युवाहरूले बिकेश मण्डलको खेतदेखि पाचु मण्डलको खेतसम्म करिब ३०० मिटर सडक मर्मत गरेका छन्। सो कार्यमा कुल ८६ हजार रुपैयाँ खर्च भएको स्थानीय जयनारायण रायले जानकारी दिए ।

    सडक मर्मत कार्यमा जयनारायण राय, दिपेन्द्र राय, उमेश राय, राजकुमार मण्डल, सुरेन्द्र पासवान, सतन पासवान, सिताराम राय, अजय साह र जयराम राय लगायतका युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

    स्थानीय तहको बेवास्ताका बीच नागरिक आफैं अग्रसर भई गरिएको यस कार्यलाई स्थानीयवासीले उदाहरणीय पहलका रूपमा लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार