Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • कार्की आयोगको प्रतिवेदन आजै सार्वजनिक गर्ने सरकारको तयारी 


    मंगलबार, चैत्र १० २०८२
    700
    Shares
    गौरीबहादुर कार्की आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्की
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन आज भोली नै सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेका बेला सरकारले सार्वजनिक गर्ने तयारी गरेको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा मन्त्रीहरूसँग छलफल गरिरहेकी छन् । आज-भोलिमै प्रतिवेदन सार्वजनिक हुन सक्ने बताइएको छ ।

    कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई १०-१० वर्ष कैद सिफारिस गरेको छ ।

    सशस्त्र प्रहरीका आईजी राजु अर्याललाई ३ वर्ष कैद सिफारिस छ । अन्य उच्च अधिकारीहरूमाथि पनि विभागीय कारबाही सिफारिस गरिएको छ ।

    अहिले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

    जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भएको उनीहरूको गुनासो छ ।

    जेनजी आन्दोलनका अगुवाहरूले पनि आयोग प्रतिवेदन सार्वजनिक गर्नेका लागि सरकारलाई निरन्तर दबाब दिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार