Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ दिन बित्दा पनि हटेन कपिलवस्तुको निषेधाज्ञा


    सोमबार, चैत्र ९ २०८२
    335
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तुमा लगाइएको निषेधाज्ञा तीन दिन बित्दा पनि जारी छ । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले ७ चैतमा निषेधाज्ञा जारी गरेको थियो ।

    उक्त निषेधाज्ञा अझै कायम रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिए । उनका अनुसार भोलिसम्मका निषेधाज्ञा हट्ने सम्भावना रहेको छ ।

    मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको हो ।

    तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ समेत गरिएको घिमिरेले बताए । उनीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

    राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार