काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल (एपीएफ) को सीमा सुरक्षा गुल्ममा भएको सुरक्षासम्बन्धी गम्भीर घटनापछि गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई प्रधान कार्यालय काठमाडौं झिकाइएको छ ।
चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा उत्पन्न घटनालाई लिएर युनिट सुरक्षामा लापरबाही भएको ठहर गर्दै सशस्त्र प्रहरी बल मुख्यालयले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।
घटनाका क्रममा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरीको कार्यालय परिसरभित्रै प्रवेश गरी गुल्मपतिमाथि हातपातको प्रयाससम्म गरेको खुलेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
यस्तो अवस्थामा किन आवश्यक बल प्रयोग गरिएन र सुरक्षामा किन कमजोरी देखियो भन्ने विषयमा मुख्यालयले गम्भीर छानबिन सुरु गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार, तस्कर समूह कसरी कार्यालयभित्र प्रवेश गर्यो र हुलहुज्जतको अवस्था किन सिर्जना हुन पुग्यो भन्ने विषयमा समेत विस्तृत अनुसन्धान भइरहेको छ ।
यद्यपि, डीएसपी पौडेलले विगतदेखि नै तस्करी नियन्त्रणमा सक्रिय र प्रभावकारी भूमिका खेल्दै आएको मुख्यालयलाई जानकारी रहेको छ। तर, उक्त घटनामा युनिट सुरक्षामा अपेक्षित सतर्कता नदेखिएको निष्कर्ष निकालिएको छ ।
यसैबीच, घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले नं। ४३ रिजर्भ गण वनबेहडा, कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिसकेको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend