Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाउन्ने खण्डमा सडक चिप्लो भएपछि बुटवल–नारायणगढ सडक अबरुद्ध


    शनिबार, चैत्र ७ २०८२
    400
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • नवलपरासी । शुक्रबारदेखि परेको बर्षाका कारण सडक चिप्लो भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएका छन् ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड बर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो ।

    दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै बर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

    प्रहरीका अनुसार शुक्रबार दिउँसोदेखि परेको बर्षाले सडक हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन पार हुन नसकी जाम भएको छ ।

    दाउन्ने खण्डमा सडक अवरोध भएकाले सवारी आवागमनमा समस्या भएको जनाउँदै मर्मत सञ्चालनको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

    बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डको निर्माण नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

    यसैबीच नारायणघाट–बुटवल सडक आयोजना कार्यालयले यही चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार