Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकटक र पब्जीको दुनियाँमा रमाउनेहरूले रक्षा बमलाई अवसरवादी भन्ने ?


    शनिबार, चैत्र ७ २०८२
    270
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सडकमा धर्ना बसेकी रक्षा बमलाई अवसरवादी भन्दै दुब्र्यवहार गर्नेहरुलाई यादव सिंहले उनको जति योगदान अरुको नभएको बताएका छन् ।

    रास्वपाको समानुपातिक सांसद अस्वीकार गरेर नागरिककै पक्षमा आवाज उठाउनु अवसरवाद हो भनेर प्रश्न गरेका छन् ।

    यादव सिंह लेख्छन्–‘आज रक्षा बमलाई गाली र दुव्र्यवहार गर्ने हरुलाइ भन्न चाहन्छु । जब तिमीहरु फेसबुक, टिकटक र पब्जीको दुनियाँमा रमाइरहेका थियौं । हामी माइतीघरको सडकमा न्याय खोज्दै आउने हरेक पीडितको आवाज बनेर उभिएको थिएम ।

    बृहत् नागरिक आन्दोलनको सडक मोर्चा हामीले समालेको थिएम । तिमीहरु कसलाई अवसरवादी भन्दैछौ । संविधान फाल्ने कि च्यात्ने भन्नेहरुबाट नेपालको संविधानको रक्षा गर्ने नाम हो । रक्षा बम यो व्यवस्था फाल्न मरिमेटी लागेकाहरुबाट ब्यबस्था जोगाउन शिरमा कफन बाधेर हिंडेकी छोरी हो । रक्षा बम जेन–जी आन्दोलनलाई सही दिशा दिन जेन–जीका जनादेश सरकारलाई बुझाउन अहम् भूमिका खेल्ने नाम हुन् ।

    रक्षा जेनजी आन्दोलनको प्रतिवेदन सार्बजनिक गराउन सरकारलाई दबाब दिन सडकमा आएकी छन् । हामीहरु हिजो पनि सडकमै थिएम । आज पनि सडकमै छौं ।

    रास्वपामा गएर संसद बन्ने तिम्रा जेनजी अगुवाहरु अवसरवादीकी समानुपातिक संसदको प्रस्तव आउँदा समेत प्रतिपक्षमा बसेर नागरिकको आवज बन्छु भनेर सडक रोज्ने रक्षा अवसरवादी १५ वर्षअघि बिनु कठायतका लागि न्याय खोज्दै हामी माइतीघरको सडकमा हँुदा रक्षा बमको सहारा बन्दै माइतीघर आएकी रक्षा बमलाई आज पुनः जेनजी आन्दोलनको जिम्मेवारी पूरा गर्न सडकमा देख्दा अत्यन्तै खुशी छु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार