सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
चैत ४ गते बुधबार बिहान करिब २ बजे के।सी। भाइ भन्ने व्यक्तिको घरमा जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन तथा अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१६ निवासी ४३ वर्षीय सन्तोष के.सी., लालबन्दी–१५ का ३९ वर्षीय संतलाल योन्जन, लालबन्दी–८ का ५२ वर्षीय मनिलाल तामाङ, लालबन्दी–१७ का ४६ वर्षीय अमरबहादुर बल, लालबन्दी–१६ का ४० वर्षीय ललित जिम्बा, लालबन्दी–१ का ४२ वर्षीय नागेन्द्र चौधरी, लालबन्दी–८ का ४४ वर्षीय बिजु लामा रहेका छन् ।
त्यसैगरी हरिवन नगरपालिका–३ का २३ वर्षीय सुबोध चौधरी, सोही स्थानका ४४ वर्षीय मानबहादुर मोक्तान, मलंगवा नगरपालिका–९ का ३५ वर्षीय ललन महत्तो र ब्रह्मपुरी गाउँपालिका–४ का ४० वर्षीय राजेश कुमार साहलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।
प्रहरीका अनुसार जुवाको खालबाट नगद २ लाख ८४ हजार रुपैयाँ, ६४४ पत्ती तास र नयाँ नखोलेको ६ प्याकेट तास बरामद गरिएको छ ।
पक्राउ परेकामध्ये हरिवन नगरपालिका–३ का मानबहादुर मोक्तानलाई स्वास्थ्य समस्याका कारण थप उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनी उच्च रक्तचापका बिरामी रहेको र एउटा मात्र मिर्गौला रहेको बताइएको छ ।
अन्य पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी जुवा सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend