काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई विधानसम्मत रुपमा अघि बढाउने सम्बन्धमा ब्यापक छलफल गर्ने भएको छ । यसका लागि भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणा प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यकर्ता भेलामा सबै सहभागीहरुले आफ्ना मतहरु राख्न पाउने गरी छलफल र पारित गरिने जानकारी दिइएको छ ।
मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले अध्यक्ष ओलीले कार्यकर्ता भेलामा सहभागी हुनेहरुलाई कारबाही हुने चेतावनीप्रति संकेत गर्दै भने, कस कसलाई कारबाही गर्नुहुन्छ, लामबद्ध भएर कारबाही भोग्न तयार छौं ।
नेता भट्टराईले अध्यक्ष ओलीलाई पार्टी एकताको सुरुवात गर्न भोलिको भेलामा प्रमुख अतिथि भएर सहभागी हुन आग्रह गरेका छन् । ओलीले मंंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा माधव–झलनाथ पक्षको कार्यकर्ता भेलामा जाने देशभरका नेता कार्यकर्तालाई कारबाहीको धम्की दिएका थिए । ओलीको त्यही धम्कीको प्रत्युत्तर दिंदै भट्टराईले कारबाही गर्न चुनौती दिएका हुनु ।
माधव–झलनाथ पक्षको बुधबारको भेलामा एकता अभियान चलाएका एमालेका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने संभावना छ । बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालहरु गौतमलाई भेलामा सहभागी गराउन संवाद गरिरहेका छन् ।
माधव नेपाल पक्षले भोलिको भेलामा गौतमलाई सहभागी गराउने सूचना पाएपछि उपमहासचिव तथा ओली सरकारका अर्थमन्त्री बिष्णु पौडेल गौतम फकाउन मंगलबार बिहानै उनको निवास भैसेपाटी पुगेका थिए । पौडेल भैसेपाटीमा पुगेर गौतमलाई ओली समूहमै लाग्न प्रलोभन दिएर पर्किएका छन् । गौतमले ओलीले फागुन २८ मा बालुवाटारमा आफ्नो गुटको भेला राखी पार्टीमा २३ केन्द्रीय सदस्य मनोनीत गर्ने पदाधिकारीको जिम्मेवारी खोसेकोमा बिरोध गर्दैआएका छन् ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend