काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पाँचतारे होटल टुलिपमा सांसदहरुलाई दिएको दुई दिने प्रशिक्षणको बिषयमा पक्ष विपक्षमा टिकाटिप्पणी भइरहेको छ । २ दिने प्रशिक्षणमा करिब ४५ लाख रुपैयाँ खर्च भएको र त्यो रकमको पारदर्शीताका बारेमा सामाजिक संजालमा प्रश्न पनि उठाइएको छ ।
पाँच तारे होटलमा प्रशिक्षण किन दिनुपर्यो ? संसदकै हलमा वा अन्यत्र पनि दिन सकिन्छ भन्ने कोणबाट प्रश्न उठेका छन् । पाँचतारे होटलमा सांसदहरुलाई दिइएको खर्च कुनै ठेकेदार वा ब्यापारीले नै दिएको होला, उसको स्वार्थ के हो ? बिचौलियासँग टाढा रहने पार्टीले पाँचतारे होटलमा गरेको खर्चको पारदर्शीता देखाउनुपर्छ कि पर्दैन भन्ने कोणबाट पनि चर्चा भइरहेको छ ।
श्रम संस्कृति पार्टीकी नेतृ विद्या श्रेष्ठले त सत्तापक्ष रास्वपाले होटलमा ४५ लाख सकेको बताएकी छन् । उनले सत्तापक्ष रास्वपाले होटलमा ४५ लाख सक्दा प्रतिपक्षी श्रम संस्कृति पार्टीले दार्चुलामा तुईन हटाएर पुल बनाउन ४५ लाख सहयोग रकम जुटाएको उल्लेख गरेकी छन् । उनले रास्वपा र श्रम संस्कृति पार्टीमा फरक यही हो भनेकी छन् ।
सामाजिक संजालमा श्रेष्ठ लेख्छिन्–‘सत्तापक्षले महंगो होटलको भाषणमै लगभग ४५ लाख उडाएछ । प्रतिपक्षले दार्चुलाको बिकट ठाउमा तुईनको साटो झोलुङ्गे पुल बनाउन झण्डै ४५ लाख सहयोग रकम जुटाएछ । यही फरक हो ।’
श्रेष्ठ केही महिनाअघि रास्वपा छाडेर श्रम संस्कृति पार्टीमा प्रवेश गरी मकवानपुर १ बाट निर्वाचनमा उम्मेदवार थिइन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend