Nepal Face
  • शनिबार, २० भाद्र २०८३
  • सरकारले भनेजस्तो उद्दार टोली परिचालन गर्न सकेको छैन : हर्क साम्पाङ


    शनिबार, भाद्र २० २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारले भनेजस्तो उद्दार टोली परिचालन गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकारले उद्दारका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न नसकेकाले बेत्रावती क्षेत्रमा घरहरुबाट जीवन निकाल्ने कार्य तीव्र पार्न माग गरेका छन् । राईले सबैतिरका प्रहरी बाढीग्रस्त क्षेत्रमा परिचालन गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

    सामाजिक संजालमा उनले लेखेका छन्–अहिले म फिल्डमै छु, सरकारले भनेजस्तो सुरक्षाकर्मी उद्दार टोली परिचालन गरिएको छैन । बेत्रावती क्षेत्रमा घरहरुबाट जीवन निकाल्ने कार्य तीब्र गरियोस् ।

    आज म बेत्रावती पुग्नु ! एक व्यक्तिको जीवित उद्दार गरिनु ! संयोग हुनसक्छ तर मैले सरकारलाई ध्यानाकर्षण गराउन चाहेकोछु ! सबैतिरको प्रहरी बाढीग्रस्त क्षेत्रमा केन्द्रित गर्नू ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार