काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले संसदमा सांसदहरुले उठाएका प्रश्नका उत्तर सरकारले नदिनु भत्र्सनायोग्य, लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको रुपमा लिनुपर्ने बताएका छन् ।
उनले भनेका छन्–प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बर नियम घोकाइरहनु निन्दाजनक र हाँस्यास्पद देखिन्छ !
नियमभन्दा ठूलो हुन्छ नियत र त्यो नियत जनताको पक्षमा लोकतन्त्रको पक्षमा हुनुपर्नेमा साम्पाङले जोड दिएका छन् ।
प्रधानमन्त्री संसदप्रति जवाफदेही नरहेको, सरकार संसदप्रति जवाफदेही नरहेको हुनाले सरकारलाई पूर्णरुपमा जनताको मतद्वारा निर्मित संसदप्रति जवाफदेही बनाउन आफूहरु आवाज उठाइरहने हर्कले उल्लेख गरेका छन् ।
अध्यक्ष साम्पाङले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ–‘प्रधानमन्त्री संसदप्रति जवाफदेही नरहेको, सरकार संसदप्रति जवाफदेही नरहेको हुनाले सरकारलाई पूर्णरुपमा जनताको मत द्वारा निर्मित संसदप्रति जवाफदेही बनाउन हामी आवाफ उठाइरहेका छौं, उठाइरहने छौं । हामीले यतिका दिनसम्म उठाएका प्रश्न र दिएका सल्लाह सुझावहरुलाई बेवास्ता गर्दै प्रतिनिधिसभा संचालन नियामावली १५(२) को बर्खिलाप हुनेगरी प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरु संदनमा उपस्थित नहुनु र उठेका प्रश्नहरुको जवाफ नदिनुले विधिसम्मत संसद चलिरहेको छैन भन्ने पुष्टि हुन्छ ।
कराउँदा कराउँदा बल्लतल्ल हिजो २ जना मन्त्रीहरुले सतही उत्तर दिए । सो क्रममा म लगायत श्रम संस्कृति पार्टीका केही सांसदहरुले प्रश्न सोध्न खोज्दा सभामुखले प्रश्न सोध्न मिल्दैन भनेर भन्नु आपत्तिजनक घटना हो । सदन भनेकै जनताका प्रश्न सोध्ने, प्रश्नोत्तर गर्ने र जनहितमा नियम कानुन बनाउने ठाउँ हो । त्यसो भएकाले लोकतन्त्रलाई सामान्य र बलियो बनाइराख्न प्रशोत्तर गरिनु पर्दछ ! मैले २०८३ बैशाख २८ र २९ गते राखेका कुनै पनि प्रश्नका उत्तर सरकारले दिएको छैन ।
यस घटनालाई म र मेरो नेतृत्वको पार्टीले भत्र्सनायोग्य लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको रुपमा लिएका छौं । प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बर नियम घोकाइरहन निन्दाजनक र हाँस्यास्पद देखिन्छ । नियमभन्दा ठूलो हुन्छ नियत र त्यो नियत जनताको पक्षमा लोकतन्त्रको पक्षमा हुनुपर्दछ ।’

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend