Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसदमा उठेका प्रश्नको उत्तर नदिनुलाई लोकतन्त्रको इतिहासमा कालोधब्बाको रुपमा लिएका छौं : हर्क साम्पाङ


    बिहिबार, जेष्ठ ७ २०८३
    305
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले संसदमा सांसदहरुले उठाएका प्रश्नका उत्तर सरकारले नदिनु भत्र्सनायोग्य, लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको रुपमा लिनुपर्ने बताएका छन् ।

    उनले भनेका छन्–प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बर नियम घोकाइरहनु निन्दाजनक र हाँस्यास्पद देखिन्छ !

    नियमभन्दा ठूलो हुन्छ नियत र त्यो नियत जनताको पक्षमा लोकतन्त्रको पक्षमा हुनुपर्नेमा साम्पाङले जोड दिएका छन् ।

    प्रधानमन्त्री संसदप्रति जवाफदेही नरहेको, सरकार संसदप्रति जवाफदेही नरहेको हुनाले सरकारलाई पूर्णरुपमा जनताको मतद्वारा निर्मित संसदप्रति जवाफदेही बनाउन आफूहरु आवाज उठाइरहने हर्कले उल्लेख गरेका छन् ।

    अध्यक्ष साम्पाङले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ–‘प्रधानमन्त्री संसदप्रति जवाफदेही नरहेको, सरकार संसदप्रति जवाफदेही नरहेको हुनाले सरकारलाई पूर्णरुपमा जनताको मत द्वारा निर्मित संसदप्रति जवाफदेही बनाउन हामी आवाफ उठाइरहेका छौं, उठाइरहने छौं । हामीले यतिका दिनसम्म उठाएका प्रश्न र दिएका सल्लाह सुझावहरुलाई बेवास्ता गर्दै प्रतिनिधिसभा संचालन नियामावली १५(२) को बर्खिलाप हुनेगरी प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरु संदनमा उपस्थित नहुनु र उठेका प्रश्नहरुको जवाफ नदिनुले विधिसम्मत संसद चलिरहेको छैन भन्ने पुष्टि हुन्छ ।

    कराउँदा कराउँदा बल्लतल्ल हिजो २ जना मन्त्रीहरुले सतही उत्तर दिए । सो क्रममा म लगायत श्रम संस्कृति पार्टीका केही सांसदहरुले प्रश्न सोध्न खोज्दा सभामुखले प्रश्न सोध्न मिल्दैन भनेर भन्नु आपत्तिजनक घटना हो । सदन भनेकै जनताका प्रश्न सोध्ने, प्रश्नोत्तर गर्ने र जनहितमा नियम कानुन बनाउने ठाउँ हो । त्यसो भएकाले लोकतन्त्रलाई सामान्य र बलियो बनाइराख्न प्रशोत्तर गरिनु पर्दछ ! मैले २०८३ बैशाख २८ र २९ गते राखेका कुनै पनि प्रश्नका उत्तर सरकारले दिएको छैन ।

    यस घटनालाई म र मेरो नेतृत्वको पार्टीले भत्र्सनायोग्य लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको रुपमा लिएका छौं । प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बर नियम घोकाइरहन निन्दाजनक र हाँस्यास्पद देखिन्छ । नियमभन्दा ठूलो हुन्छ नियत र त्यो नियत जनताको पक्षमा लोकतन्त्रको पक्षमा हुनुपर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार