Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • दुर्घटनातिर जाँदै एमाले : एकै दिन तीन समूहका अलग–अलग कार्यक्रम


    मंगलबार, चैत्र ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। दुर्घटानाको दिशातिर जानै लागेको नेकपा एमालेका आज  तीन अलग -अलग समूहका अलग- अलग कार्यक्रम रहेका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे चियापान कार्यक्रम राखेका छन् भने माधव पक्षले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । माधव पक्षले आज दिउँसो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराइले जानकारी दिएका छन् । उता, ओली पक्षले राखेको चियापानमा माधव झलनाथ पक्षले आफू पक्षीय नेता कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिइसकेका छन् । 

    त्यस्तै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बल्खुको रिद्धीसिद्धी पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । 

    पार्टी अध्यक्ष ओलीले फागुन २८ गते आफ्नो पक्षका नेताहरुलाई गरिएको बहिर्गमन र एकलौटी रुपमा २३ माओवादी केन्द्रका नेताहरुलाई एमाले केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता हुनु पने खनाल–नेपाल पक्षको मागमा ओली नरम नहुँदा पार्टीभित्रको विवाद झन गहिरिंदै दुर्घटनाको संघारमा आइपुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार