Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एक लाख घुस लिने मेयर र दिने सबइन्जीनीयर दुबैबिरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, चैत्र ३ २०८२
    620
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । कर्मचारीको करार अवधि थप गर्दा १ लाख रुपैयाँ घुस लिने रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सोमबार वादीका बिरुद्ध मुद्दा दायर गरेको हो ।

    ८ बर्षदेखि कार्यरत असिस्टेन्ट सबइन्जिनीयर मोहन शाहको आर्थिक बर्ष २०८१÷०८२ को लागि म्यादथपका लागि मेयर शाहले १ लाख रुपैयाँ घुस मागेको उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । उक्त रकम मेयर वादीको खातामा जम्मा गरेपछि मात्र म्यादथप भएको थियो ।

    चालु आर्थिक बर्ष २०८२÷०८३ को करार नवीकरण गर्नका लागि पनि असिस्टेन्ट सबइन्जीनीयर शाहसँग मेयर वादीले १ लाख मागेको र उनले उपलब्ध गराउन नसकिने भनेपछि करार म्यादथप नगरी बर्खास्त गरेका थिए ।

    चालु आर्थिक बर्षमा म्यादथप नगरेपछि शाहले नगर प्रमुखको खातामा आर्थिक बर्ष २०८१÷०८२ मा जम्मा गरेको रकमको बैंक भौचरसहित अख्तियारमा उजुरी दिएका थिए ।

    नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा साविकदेखि करारमा रहेका शाहलाई सेवा करार म्यादथप नवीकरण गरी सेवामा राखी रहने निर्णय गर्ने गराउने काम गरिदिए बापत मेयर वादीले मोलाहिजा गरी चौरजहारी नगरपालिकालाई अनिष्ट गरी १ लाख रूपैयाँ घुस लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ अन्तर्गतको कसुर गरेकाले १ लाख रुपैयाँ बिगो मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको छ ।

    प्रतिवादी मोहन शाहलाई पनि असिस्टेन्ट सबइन्जीनीयर पदमा कार्यरत रहिरहेकै बखत उक्त पदमा करारको म्यादथप गरी गराई निरन्तर पदमा बहाल रहनका लागि नगरपालिकाका प्रमुख पुष्प वादीलाई मोलाहिजा गर्न घुस दिएको प्रमाणसहित पेश गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ कोे दफा ३ को उपदफा (घ) बमोजिमको कसुर गरेको स्थापित भएकोले एक लाख रुपैयाँ नै बिगो बमोजिमका जरिवाना कायम गरी सोही ऐन बमोजिम कैदको माग गरिएको छ । शाहले मेयर वादीलाई घुस दिएको रकम समेत जफत गर्न माग गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार