काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको भीमढुंगामा हुण्डी कारोबारीहरुबाट सवा करोड रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नागार्जुन नगरपालिका–८, भीमढुंगाबाट स्थानीय २८ वर्षीय सागर गिरी र प्रमोदप्रसाद धिताल पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका फरक–फरक व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन वटा चेक तथा चार वटा बैंकका एटीएम कार्ड समेत फेला पारेको जनाएको छ ।
यसका साथै एक थान नागरिकता, दुई वटा चारपाङ्ग्रे सवारी साधन, एउटा दुईपाङ्ग्रे सवारी, एक थान सवारी दर्ता किताब र विभिन्न कम्पनीका छ वटा मोबाइल फोन पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
बरामद सामग्रीमा ३१ वटा एनसेल र नेपाल टेलिकमका सिमकार्ड, एक कम्प्युटर तथा बाइनान्स खातामा रहेको ७ हजार १७५.३४ यूएसडीटी समेत रहेको भट्टराईले बताएका छन् ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्यादथप गरी अनुसन्धान भइरहेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend