काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहकर्मी डा. बाबुराम भट्टराईको पिएचडी (वौद्धिकता) ले बाहिर काम गरेको नदेखिएको टिप्पणी गरेका छन् ।
शुक्रबार डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल, पूर्वमन्त्री कल्पना धमलासहितका नेता कार्यकर्तालाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रचण्डले डा. बाबुराम भट्टराईको वौद्धिकताले कम्युनिष्ट पार्टीमा मात्रै काम गर्ने दावी गरे । उनले भने, ‘बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीं सकारात्मक परिणाम दिएको देखिँदैन, कम्युनिष्ट आन्दोलनसँग जोडिएर मात्र त्यसको महत्व हुने हो ।’
उनले भट्टराईको वौद्धिकताको महत्व र भूमिका कम्युनिष्ट पार्टीमा भएको भन्दै उनलाई नेकपामा फर्कन समेत आग्रह गरेका छन् । उनले सबैलाई एकतामा आउन आग्रह गर्दै पुराना नेतालाई कसरी सम्झाउने भन्ने चिन्ता लागिरहेको सुनाए ।
‘मोहनविक्रम सिंह, मोहन वैद्यलयायतका नेताहरुप्रति हाम्रो श्रद्धा र सम्मान छ । एकता प्रक्रियाका लागि उहाँहरुलाई कसरी सम्झाउने भन्ने लागिरहेको छ ।’ उनले नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेप्रति पनि आफ्नो सम्मान रहेको बताउँदै उनलाई पनि एकता प्रक्रियामा सहभागी बनाउनु पर्ने बताएका छन् ।
त्यस्तै अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवले लिएको हिंसात्मक बाटो गलत भएको औंल्याएका छन् कम्युनिष्टहरुको बहुमतको सरकार रहेका बेला यसलाई सहयोग गर्नुपर्ने ठाउँमा उनले हिंसात्मक बाटो रोजेर गलत गरेको अध्यक्ष प्रचण्डको भनाई थियो ।
उनले तत्कालीन माओवादी र एमालेबीच भएको एकताको प्रक्रिया शुरु हुँदाको समयदेखि नै एकता भाँड्ने तत्व सक्रिय रहेको बताउँदै त्यस्ता तत्वहरुदेखि सतर्क रहन आग्रह गरेका छन् । नेकपा प्रवेश गरेका समाजवादी पार्टीका नेता देवेन्द्र पराजुलीले विकास र समृद्धिको यात्रामा साथ दिन आफूहरु नेकपामा समाहित भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend