काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा राजस्व अनुसन्धान बिभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीसहित ३ जनाबिरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अधिकारीले एच.के.इन्टरप्राइजेज प्रा.लि. को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण वापत ७० लाख लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अधिकारीले विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको सल्लाह तथा मिलेमतोमा उनीहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गराई तहिकरण गरी घुस लिएर उक्त रकमकोस्वरूप परिवर्तन गरी गराई भक्तपुर, थिमी नगरपालिका वडा नम्बर २ मा ५ आना २.५९ दाम क्षेत्रफलको जग्गा खरिद गरेको उल्लेख छ ।
मध्यपुर थिमी नगरपालिकाको साविक वडा नं १७ (हाल वडा नं.२) स्थित दिव्यश्वरी आयोजनाभित्रको उक्त कित्ता नं ९९८ जग्गा खरिद तथा देवेन्द्र केसी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएकाले मुद्दा दर्ता गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले पूर्वमहानिर्देशक अधिकारीसँग भ्रष्टाचार मुद्दामा ७० लाख र सम्पत्ति शुद्धीकरणमा थप ७० लाख गरी १ करोड ४० लाख बिगो मागदाबी गरेको छ । द कुटी रिसोर्टका म्यानेजिङ डाइरेक्टर देवेन्द्र केसीलाई भ्रष्टाचारमा २० लाख र सम्पत्ति शुद्धीकरणमा अर्को २० लाख गरी ४० लाख बिगो माग गरेको छ । रबिन्द्र लामिछानेसँग भ्रष्टाचारमा ५० लाख र सम्पत्ति शुद्धीकरणमा ५० लाख गरी १ करोड बिगो दाबी गरेको छ ।
अख्तियारको आरोपपत्र :
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend