Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • मनकामना दर्शन गरेर फर्किएको माइक्रोबस दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते


    शनिबार, फाल्गुन ३० २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धादिङ । मनकामना दर्शन गरेर फर्केको माइक्रो बस (ईभी) दुर्घटनाग्रस्त हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    शनिबार राति करिब ८ बजे गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा ईभी दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उक्त ईभीमा १४ जना भारतीय यात्रुहरू सवार रहेका थिए ।

    बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बसमा चढेकामध्ये ८ जना घाइते भएका छन् । घाइतेको उद्दार गरिसकिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तनहुँको आबुखैरेनी अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार