Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले बनाएका केन्द्रीय सदस्य माओवादीमै फर्किए, प्रचण्डसँग छलफलपछि दुई मन्त्री पनि फर्किंदै


    सोमबार, चैत्र २ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतबाट एमाले–माओवादी पुनस्र्थापित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट उनको गुटमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई फागुन २८ मा सुटुक्क केन्द्रीय सदस्य मनोनीत गरेकामध्ये ठम्मर बिष्ट मातृ पार्टीमै फर्र्किएका छन् । कर्णाली प्रदेशको प्रदेशसभामा सुर्खेतबाट निर्वाचित उनी माओवादी केन्द्रमै फर्किएका छन् । अध्यक्ष प्रचण्डसँगको छलफलपछि उनी माओवादीमै फर्किएका हुन् ।

    त्यसैगरी, माओवादी केन्द्रको टिकटमा प्रतिनिधिसभामा चुनाव जितेका दुई मन्त्री पनि फिर्ता हुने तयारीमा छन् । ओलीको सरकार नटिक्ने देखिएपछि सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरी एमाओवादीमै फर्किनेबारेमा वार्तामा छन् । उनीहरु पार्टीबाट कारबाही गर्ने भएपछि सांसद पद जाने र ओली सरकार ढलेपछि मन्त्रीबाट पनि च्यूत हुने देखेपछि फर्किनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा छन् ।  

     साह र चौधरीलाई माओवादीमै अध्यक्ष प्रचण्डले प्रयास गरिरहेका छन् । उनीहरु फर्किनेबारेमा सकारात्मक समेत भइसकेका छन् । जसपालाई आर्थिक प्रलोभनदेखि मन्त्रीको प्रस्ताव गरी फुटाएर सरकार टिकाउन खोजेका ओलीलाई माधव नेपाल पक्षका ४० सासदले धोका दिने भएपछि सरकार टिक्ने संभावना क्षीण देखिएको छ । माधव नेपाल पक्षले नै सरकार ढाल्न फ्लोरक्रस गर्ने संभावना बढेपछि जसपा पनि ओलीसँग टाढिएको छ ।

    मन्त्री साह र चौधरी माओवादीमै फर्किएमा सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र रामबहादुर थापा बादल मात्र ओलीसँग रहनेछन् । मन्त्रीद्वय रायमाझी र भट्ट र प्रतिनिधिसभामा अर्घाखाँची र कैलालीबाट जितेका हुन् भने बादल राष्ट्रियसभाका सांसद हुन् । ओलीले मन्त्री बनाएका मणि थापा र दावा लामा सांसद होइनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार