Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राष्ट्रपति भण्डारीले किन बोलाइन् सर्वदलीय बैठक ?


    सोमबार, चैत्र २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता खारेज गरी एमाले–माओवादी केन्द्र ब्यूँतिएपछि केपी ओलीको सरकार अल्पमतमा परेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेकी छन् ।

    मंगलबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।  

    राष्ट्रपति कार्यालयले मगलबारको सर्वदलीय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाएकी छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र बाहेक अरु राष्ट्रिय पार्टी होइनन् ।

    बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षका साथै पूर्व प्रधानमन्त्रीहरुलाई समेत बोलाइएको छ । एमालेबाट पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि बोलाइनेमा पर्दछन् । जसपाका डा. बाबुराम भट्टराई पनि राष्ट्रपतिले बोलाइएका ब्यक्तिमा परेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । जसको चर्को आलोचना भएको थियो । संविधान विपरीतको कार्यमा सर्वोच्च अदालतको परामर्श समेत नलिई सिफारिस गर्नासाथ बिघटन गर्ने राष्ट्रपति भण्डारीको कदमको दलहरुले आलोचना गरेका थिए । जुन कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनी बदर गरेको थियो ।

    संसदमा सरकार बनाउनका लागि दलहरुबीच छलफल भइरहेको बेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी छन् । यतिबेला प्रधानमन्त्री ओलीको हठधर्मिता र दम्भका कारण एमाले समेत विभाजित अवस्थामा छ । एमालेमा बरिष्ठ नेताहरुसहित बहुमत पदाधिकारीहको पद ओलीले आफ्नो बाधक देखेर आफ्नो कोटरीको बैठक बालुवाटारमा राखी खारेज गरेका छन् । जसका बिरुद्ध माधव नेपाल पक्षले समानान्तर भेला आयोजना गर्दैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार