Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बम विष्फोटको जिम्मा गोइत समूहले लियो


    आइतबार, चैत्र १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहाको लहानस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा भएको बम बिष्फोटमा तराई जनतान्त्रिक मुक्तिमोर्चा (गोइत समूह)ले लिएको छ । बम बिष्फोट भएको ठाउँ नजिकै गोइत समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ । बिष्फोट भएको ठाउँ नजिकै सोही समूहको पर्चा भेटिएकाले पनि प्रहरीले घटनामा सो समूहको संलग्नतालाई पुष्टि गरेको प्रहरीको दाबी छ ।

    आज दिउँसो भएको बम बिष्फोटमा परी सात जना घाइते भएका छन् । घाइतेमध्ये दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भण्डारी सेवाग्राही हुन् ।

    २०६४ सालतिर गोइत समूहले तराईमा सशस्त्र बिद्रोह सुरु गरेको थियो । २०७० पछि तराईमा सशस्त्र बिद्रोह साम्य भएको थियो । सिके राउतको उदय भएपछि हिंसात्मक घटना भए पनि बम बिष्फोट जस्ता सशस्त्र हिंसात्मक गतिबिधि भएका थिएनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार