Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेनजी आन्दोलनमा फरार चार जना पक्राउ


    मंगलबार, फाल्गुन १९ २०८२
    460
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

    सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षिय थापा लागूऔषध कारोबार मुद्दामा कैदा भुक्तानी गरिरहेको र जेन्जी आन्दोलमा क्रममा फरार भएका थिए ।
    उनीसँगै लागूऔषध कारोबारमा संलग्न भक्तपुर जिल्ला लोकन्थली घर बताउने ३३ बर्षीय आशिष पाण्डे, इमाडोल घर बताउने २१ बर्षीया राशी गौतम र काठमाडौंको नक्साल घर बताउने २१ बर्षीय युनिक पोखरेल समेतलाई नियन्त्रणमा लिइएको छ ।

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले फागुन १९ गते दिउँसो करीव साढे १२ बजे लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले उनीहरुको साथबाट १५ ग्राम लागूऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेट समेत फेलापारेको छ ।

    नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहित सम्बन्धित निकायमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार