Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बालेनबारे भ्रामक सूचना फैलाउने भट्ट पक्राउ, पाँच दिन म्यादथप गरी अनुसन्धान सुरु


    आइतबार, फाल्गुन १७ २०८२
    515
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साहमाथि गोली प्रहार’ लेखेर पोष्ट गरी भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने कन्चनपुर शुक्लाफाँटा नगरपालिका–७ का २३ बर्षीय प्रकाश भट्टलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।

    भट्टले टिकटकमा सार्वजनिक शान्ति विरुद्धको कसुर गरेकाले पक्राउ गरी ५ दिनको म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    भट्टलाई काठमाडौं महानगरपालिका ५ डबली चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार