Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो, मृत्यु हुनेको संख्या साढे २ लाख नजिक


    बिहिबार, बैशाख १८ २०७७
    655
    Shares
  • ६ मिनेट पाठ
  • काठमाडौं, १८ बैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ३२ लाख १९ हजार ४ सय ८५ मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणकै कारण मृत्यु हुनेको २ लाख २८ हजार २ सय १ पुगेको छ । कोरोना संक्रमणबाट निको हुनेको संख्या १० लाख ३ सय ३ छ ।

    पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ४७ हजार ३८० जना संक्रमित छन् । एकै दिन २४ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

    यो समाचार तयार पार्दासम्म १ लाख ३२ हजार ९४३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ लाख ८३ हजार ८८५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ३० हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये २४ हजार १८२ को अवस्था गम्भीर छ ।

    एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ७ हजार ३२८ पुगेको छ । अहिलेसम्म १८ हजार २७७ ले ज्यान गुमाएका छन् । २ लाख ५५ हजार ९३७ जना उपचारपछि फर्किएका छन् । २ लाख ३३ हजार ११४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७८३ जनाको अवस्था गम्भीर छ ।

    उत्तर अमेरिकी मुलुकहरुमा ११ लाख ५० हजार ९२५ जना संक्रमित भएका छन् । ६६ हजार ९४७ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख १ हजार २७९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १९ हजार ९३७ जनाको अवस्था गम्भीर छ । १ लाख ८२ हजार ६९९ जना उपचारपछि घर फर्किएका छन् ।

    दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ६५ हजार ८४१ जनामा संक्रमण देखिएको छ । ८ हजार १४४ जनाले ज्यान गुमाएका छन् । ५७ हजार २६१ जना निको भएका छन् भने १ लाख ४०९ जना उपचाररत छन् । ९ हजार ७४८ को अवस्था गम्भीर छ ।

    अफ्रिकी राष्टमा ३७ हजार ६९३ संक्रमित भएका छन् । १ हजार ५९२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३२२ जना संक्रमित भएका छन् । १०८ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार ६ सय ५६ पुगेको छ । अमेरिकामा बितेको २४ घण्टामा थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर छ ।

    अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् ।

    स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् ।

    योसँगै मृतकको संख्या २४ हजार २७५ पुगेको छ । १ लाख ३२ हजार ९२९ जना उपचारपछि निको भएका छन् ।

    ७९ हजार ६९५ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ ।

    योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ ।

    इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ । १ लाख ६५ हजार २२१ जना संक्रमित भएका छन् ।

    बेलायतमा एकैदिन ७६५ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ७६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो ।

    सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

    बिहीबार बिहान यो समाचार तयार पार्दासम्म १९ लाख ९० हजार १२५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५९ हजार ८१७ जनाको अवस्था गम्भीर छ ।

    नेपालका लागि सबैभन्दा बढी चासोको रुपमा रहेको भारतमा कोरोना संक्रमितको संख्या थपिइरहेको छ । आज बिहानसम्म भारतमा ३३ हजार ६२ संक्रमित भएका छन् । १ हजार ७९ को मुत्यु भइसकेको छ । निको हुनेको संख्या ८ हजार ४३७ छ । भारतमा निको हुनेको संख्या अमेरिका र यूरोपका देशको भन्दा बढी देखिएको छ ।  

    विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार