काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि नेकपाभित्र राजनीतिक तरंग पैदा गरेको छ ।
नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीको कार्यशैलीको तिखो आलोचना हुने संभावना देखिएपछि ओलीले गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीका बिरुद्ध प्रस्तुत हुनेगरी गएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्यहरुलाई उनको प्रस्तावले अप्ठेरोमा पारिदियो । कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई लामो भुमिका बाँध्दै अध्यादेश र त्यसपछि सांसद अपहरणले पार्टी र सरकारको बदना भएकाले राजीनामा दिन सुझाएका थिए ।
प्रचण्डको जवाफ दिंदै ओलीले संविधान संशोधन गरेरै बरु उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । पार्टीको विधान संशोधन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि उनले ल्याएका थिए । प्रधानमन्त्रीको यो प्रस्तावपछि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले दुवै अध्यक्षका कुरा असान्दर्भिक र निरर्थक भएको भन्दै आक्रोस प्रकट गरेका थिए । पार्टी फुटाउन देशभित्र र बाहिर विभिन्न शक्तिको चलखेल बढिरहेकाले अनावश्यक लफडामा नफस्न थापाले खबरदारी गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै ४ घन्टा बसेको सचिवालय बैठकमा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि पार्टीभित्र ओलीले पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व दिन असफल भएको आवाज उठेको थियो । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए । बरिष्ठ नेता माधव नेपालले पनि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend