Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्को बैठक २० गते बस्ने नेकपा सचिवालयको निर्णय


    बुधबार, बैशाख १७ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौं, १७ वैशाख । नेकपाको बहुचर्चित सचिवालय बैठक केहीबेर अघि सकिएको छ । नेकपाभित्र विकसित पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै पनि निर्णय नगरी बैठक सकिएको छ । अर्को बैठक बैशाख २० मा बस्नेगरी आजको सचिवालय बैठक टुंगिएको छ । 

    बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा सबै सचिवालय सदस्यहरूले आआफ्ना धारणाहरू राखेका थिए । 

    २० गतेको बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली स्थायी समिति बैठक बोलाउने पक्षमा छैनन् । उनी संसदीय दलमै बहुमत सिद्ध गर्ने दाउमा छन् । र, आजबाट ओलीको पक्षमा हस्ताक्षर अभियान पनि सुरु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार