तस्वीर साभार: प्रकाश डुम्रेको फेसबुक
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको बताइएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अनुसार पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको थिए ।
‘पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन’, समितिका अध्यक्ष ऐनबहादुर साहीले भने ।
बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ ।
केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ। प्रहरीले अहिलेसम्म मृतकहरुको परिचय खुलाएको छैन। घाइते २८ जनाको नामावली भने प्रहरीले सार्वजनिक गरेको छ ।

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend