काठमाडौं, १७ वैशाख । सत्तारुढ नेकपाभित्र चर्किएको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक जारी छ । जारी सचिवालय बैठक निकै ठूलो प्रयासमा बोलाइएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक छल्न खोजिरहेका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र बरिष्ठ नेता माधव नेपाल पक्षले बैठक बोलाउनैपर्ने अडान लिएका कारण आजको सचिवालय बैठक राख्न प्रधानमन्त्री ओली बाध्य भएका हुन् ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठकको माग गरेका छन् । प्रधानमन्त्री ओली भने स्थायी कमिटी नबोलाइ संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेका छन् । स्थायी समितिमा आफ्नो स्थिति कमजोर भएकाले उनी संसदीय दलमा फेस गर्ने तयारीमा छन् ।
बालुवाटारमा संसदीय दलको बैठक चलिरहँदा नेकपाका नेता कार्यकर्ताहरु भने पार्टी नफुटोस् भन्ने कामना गरिरहेका छन् । सामाजिक संजालमा नेकपाका नेता कार्यकर्ताहरुले पार्टीको विवाद नेतृत्वले बुद्धिमतापूर्वक समाधान गर्ने अपेक्षा गरेका छन् ।
अध्यादेश निहुँमात्रै
प्रधानमन्त्री ओलीले पार्टीभित्र विना छलफल अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद बिष्फोट भएको हो । माधव नेपाल समूह सरकार गठनदेखि नै असन्तुष्ट थियो । बागमती प्रदेशको मुख्यमन्त्रीमा तत्कालीन एमाले उपाध्यक्ष तथा महिला आन्दोलनमा अग्रणी योगदान भएकी अष्टलक्ष्मी शाक्यलाई जिल्लास्तरीय नेता डोरमणि पौडेललाई उठाएर हराउने कार्य गरिएकोदेखि १ नम्बर प्रदेशमा भीम आचार्यलाई हराउन अम्बिरकाजी गुरुङमार्फत् आर्थिक चलखेल गरेका कुराबाट माधव नेपाल पक्ष रुष्ट थियो । तर कार्यकारी अध्यक्ष प्रचण्डलाई खुसी पारी माधव नेपाल पक्षलाई डोजर लगाउने काम गरिएको थियो । ओली पक्षले प्रदेश प्रमुख नियुक्तिमा गरेको एक्लौटी, मन्त्रिमण्डल गठन, विभिन्न आयोगमा गरिएका विवादित नियुक्तिसम्ममा माधव नेपाल पक्ष रुष्ट थियो । पहिला प्रचण्डलाई हातमा लिएर माधव नेपाल पक्षलाई पेलेको संस्थापन पक्षले पछिल्ला दिनमा कसैलाई पनि नसोधी निर्णय गर्न थालेको थियो । सुकम्बासी आयोगमा देवी ज्ञवालीको नियुक्तिपछि प्रचण्ड झन् आक्रोसित भए । कोरोना महामारीमा सुकुम्बासी आयोगको नियुक्तिका बारेमा धेरै प्रश्न पनि उठिसकेका छन् ।
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने बिषयमा भएको पार्टी निर्णयसमेत अस्वीकार गरेपछि प्रधानमन्त्रीबिरुद्ध सबै एकजुट भएका हुन् । अध्यादेश प्रकरण एक निहुँमात्र बनेको हो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend