काठमाडौं । सडकमा हिंडिरहेका पैदलयात्रीलाई मुक्का हान्ने प्राइभेट गाडीका चालकको प्रहरीले खोज्न सुरु गरेको छ ।
मंगलबार दिउँसो बीच सडकमा हिंडिरहेका पैदल यात्रुलाई एक कार चालक ओर्लिएर कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनको खोजी सुरु गरेको हो । सामाजिक संजालमा अमानवीय ढंगले कुटपिट गर्ने ब्यक्तिको तीव्र आलोचना भएपछि प्रहरीले खोजी सुरु गरेको छ ।
कारबाट ओर्लिएर गाली गर्दै पिटेको भिडियो काठमााडौं उपत्यकाकै भएको प्रहरीको अनुमान छ । सार्वजनिक भएको भिडियोमा साझा यातायातको बससमेत देखिएकोले काठमाडौंकै भएको अनुमान गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त भिडियो प्राप्त भइसकेको भन्दै कुट्ने कारचालकको खोजी सुरु गरिएको जनाएको छ । ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend