काभ्रे । रामेछापमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै प्रदर्शन गरेका छन् ।
रामेछापको मन्थलीस्थित मन्थली अस्पताल क्षेत्रमा घाइते तथा मृतकका आफन्तले सडक जाम गरेर प्रदर्शन गरेका हुन् । पीडितहरूले मन्थली नगरपालिका- २ भुत्याहा खोला छेउमा टिफर तेर्स्याएर यातायात अवरुद्ध गरेका हुन् ।
जसकारण रामेछापबाट काठमाडौं र काठमाडौंबाट रामेछाप र ओखलढुंगाका विभिन्न भागहरूका लागि छुटेका बसहरू बाटोमै रोकिएका छन् ।
दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्क आउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचारको माग गर्दै सडक जाम गरेका हुन् ।
उनीहरूले क्षतिपूर्तिको माग पुरा नहुन्जेल हिजो भएको दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको शव नबुझ्ने अडान राखेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend