Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’


    बुधबार, माघ २८ २०८२
    360
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आम जनता पार्टी ९आजपा०का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले म्याद थपको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् ।

    बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जेन जेड आन्दोलनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थपिएकोमा प्रश्न उठाएका छन् ।

    ‘तपाईं नेतृत्वको सरकारको आयु नै सकिने बेला भइसक्यो, तर आयोगको म्याद चाहिँ लम्बिएको लम्बिएछ, किन रु उनले प्रधानमन्त्री कार्कीलाई प्रश्न गरे ।

    गत भदौ २३ र २४ गते जेन जेड आन्दोलन भएको थियो । २३ गते १९ जनाको मृत्यु भएको थियो भने २४ गते समेत गरेर ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा सार्वजनिक र नीजी सम्पत्तिमा समेत तोडफोड र आगजनी भएका थिए ।

    आन्दोलनपछि बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन भएको थियो । सुरुमा आयोगलाई तीन महिनाको समय दिइएको थियो ।

    काम नसकाएपछि आयोगको म्याद थपिँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार