Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सिन्धुपाल्चोकका दर्जनौँ एमाले नेता-कार्यकर्ता नेकपामा समाहित


    बुधबार, माघ २८ २०८२
    355
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । २०७९ को स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार जयबहादुर लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

    लामासँगै २०७४ को स्थानीय निर्वाचनमा जुगल गाउँपालिका-३ बाट नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष सानुकान्छा लामा पनि नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश कार्यक्रममा स्वागत गरे । कार्यक्रममा जुगल गाउँपालिकाका पूर्व कार्यपालिका सदस्य उमेश कार्की, एमालेका स्थानीय कार्यकर्ता कान्छा नेपाली, छेवाङ लामा, जोनसेन लामा लगायतका दर्जनौँ नेता-कार्यकर्ता नेकपामा समाहित भएका छन् ।

    जयबहादुर स्थानीय तहको पहिलो निर्वाचनमा नेपाली काँग्रेसबाट जुगल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए । २०७९ को स्थानीय निर्वाचनमा भने मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरी अध्यक्ष पदका उम्मेदवार बनेका थिए । सानुकान्छा लामा पनि सोही समय लामासँगै एमाले प्रवेश गरेका थिए ।

    जुगल गाउँपालिका नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको गृहपालिका हो । श्रेष्ठले नै जयबहादुर लामालाई मनोनयनको अघिल्लो दिन एमालेमा भित्र्याएर अध्यक्ष पदको उम्मेदवार बनाएका थिए ।

    चुनावी अभियान क्रममा जुगल पुगेका नेकपाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव सापकोटाले दुई दिनमै जुगल क्षेत्रमा उच्च राजनीतिक महत्व राख्ने नेताहरूलाई नेकपामा ल्याउन सफल भएको बताएका छन् ।

    यसअघि केही दिनअघि मात्रै बाह्रबिसे नगरपालिकाका पूर्व प्रमुख निमफुञ्जो शेर्पासहितका नेता-कार्यकर्ता पनि नेकपामा समाहित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार