काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको समानुपातिक सूचीमा बसेकी रिमा विश्वकर्मालाई शुभकामना दिएका छन् ।
काठमाडौं ४ मा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै घिसिङले रिमा आफ्नो करिअरका लागि रास्वपामा बसेकोे भन्दै उनलाई शुभकामना दिए । साथै उनले उज्यालो नेपालबाट अलग भएपछि रिमासँग आफ्नो कुरा भएको बताए ।
‘उहाँलाई हामीले समानुपातिकको एक नम्बरमा राखेका थियौँ । रास्वपापट्टि उज्यालो नेपालबाट समानुपातिकमा पनि दलित महिलातर्फ एक नम्बरमै हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले करिअरका हिसाबले उतै बस्छु भन्नुभयो, मैले शुभकामना दिएँ ।
त्यस्तै घिसिङले सामाजिक एल्गोरिदमलाई नियन्त्रणमा लिएर गलत भाष्य बनाउने काम भइरहेको गुनासो गरे । ‘हामी काम गर्ने र परिणाम दिने मान्छे हौं । सोसल मिडिया चलाउन पनि आउँदैन । हाम्रो रियल जे हो त्यही सोसल मिडियामा आउँछ । ब्रिकेटेड अल्गोरिदम बनाएर यो मान्छे जित्छ, उ जित्छ भनिएको छ तर रियलमा त्यो हुँदैन,’ उनले भने, ‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं । हाम्रो मान्छे जित्छन् । म मात्र होइन, सबैभन्दा बढी उम्मेदवार काठमाडौंमा उज्यालो नेपालले जित्छ । देशभरिको भन्दिनँ, काठमाडौंमा एक नम्बरको पार्टी हुन्छौं ।’
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend