काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको मूल जिम्मेवारी सरकारकै काँधमा रहने स्पष्ट पारेका छन्।
आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण समारोहमा बोल्दै उनले यस विषयलाई राज्यको प्राथमिक एजेन्डामा राख्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार सुशासन सुनिश्चित गर्न संघीय, प्रदेश तथा स्थानीय तहका सरकारले विद्यमान ऐन, नियम र कानुनको प्रभावकारी र निष्पक्ष कार्यान्वयन गर्न आवश्यक छ। राईले भ्रष्टाचारविरुद्ध अख्तियार अन्तिम चरणमा प्रयोग हुने संवैधानिक संयन्त्र भएको उल्लेख गर्दै प्रारम्भिक तहबाटै सरकारी प्रणाली सुदृढ हुनुपर्ने बताए।
प्रमुख आयुक्त राईले सुशासन स्थापनाका लागि सरकार मात्र नभई नागरिक समाज र सञ्चार माध्यमको भूमिकासमेत उत्तिकै महत्वपूर्ण रहेको बताए। पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न सबै पक्षको सहकार्य अपरिहार्य हुने उनको भनाइ छ।
उनले आयोग ऐन तथा कानुनी दायराभित्र रहेर भ्रष्टाचार नियन्त्रणमा सक्रिय रूपमा कार्यरत रहेको जानकारी दिए। यसका लागि आवश्यक जनशक्ति विस्तार, कार्यपद्धतिमा सुधार र प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको उनले स्पष्ट पारे। प्रविधिको विकाससँगै भ्रष्टाचारका स्वरूप थप जटिल बन्दै गएकोप्रति पनि उनले ध्यानाकर्षण गराए।
राईका अनुसार वर्तमान सन्दर्भमा भ्रष्टाचार नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजानु आवश्यक भइसकेको छ। उनले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास क्रमशः बढ्दै गएको दाबी गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा संस्थागत क्षमतामा उल्लेखनीय सुधार गरिएको बताए। वर्तमान कार्यशैलीले समाजमा सुशासनप्रतिको अपेक्षा र भरोसा बलियो बनाएको उनको भनाइ छ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend