काठमाडौँ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्तासँगै सातै प्रदेशका उम्मेदवारलाई भेट्न देश दौडाहामा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)अहिले घरदैलो अभियानमा फर्किएका छन्।
माघ ६ गते झापा-५ बाट उम्मेदवारी दर्ता गरेसँगै उनी चुनावी यात्रामा निस्केका थिए। केही दिन झापाकै विभिन्न क्षेत्रमा चुनावी यात्रा गरेका थिए। गाडीबाटै हात हल्लाउँदै हिडेका उनले रास्वपाका उम्मेदवारसँग मात्रै भेटघाट र कुराकानी गरेका थिए।
एक साता पूर्वी नेपालमा बिताएका उनी त्यसपछि मधेसको यात्रा गरेका थिए। मधेसपछि सुदूरपश्चिम र कर्णालीको यात्रा गरेका उनले कतै पनि मतदातासँग संवाद गरेका थिएनन्।
उनी कर्णालीबाट फर्केपछि लुम्बिनी र गण्डकी प्रदेशमा पुगेका थिए। गण्डकीबाट बागमती फर्किँदा पनि मतादातासँग कुराकानी गरेको देखिएका थिएनन्।
उनले सबै ठाउँमा रास्ववा उम्मेदवारसँग मात्रै छलफल गरेका थिए। उनीहरूसँग चुनावी रणनीतिबारे जानकारी लिएका थिए।
अहिले भने उनी पहिले जस्तो गाडीमा सडक यात्रा छोडेर घरदैलोमा लागेका छन्। दुई दिनदेखि झापा-५ मै घरदैलो र मतदाता भेटघाट गरिरहेका छन्।
सोमबार बिहानैदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम चलिरहेको शाहको सचिवालयले जनाएको छ। उनले १५ ठाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
झापा-५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रसकी मंधरा चिमरिया, नेकपाका रञ्जिच तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौलालगायत राजनीतिक दल र स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन्।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend