काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले नाउपा नेपालका संरक्षक रेशम चौधरीबारे भएको फैसलाप्रति आशंका व्यक्त गरेको छ। अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै राजनैतिक मुद्दाको आडमा लोकतन्त्रको आत्मामाथि प्रहार भएको उनको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘जनताको अदालतमा जान खोज्ने एक नेताको बाटो रोक्नु न्याय होइन, अन्यायको संस्थागत रूप हो। प्रश्न सीधा छ(थारुकै छोरा भएकै कारण अन्याय, विभेद र षड्यन्त्र सहिरहनुपर्ने यो बाध्यता कहिलेसम्म रु विश्व इतिहास साक्षी छ(अमेरिकाजस्तो मुलुकमा डोनाल्ड ट्रम्पमाथि सयौँ मुद्दा चलाइए, तर चुनाव लड्न रोकिएनन् । हाम्रै देशमा पनि कैयौँ नेतामाथि मुद्दा चलेका छन्, कतिपय दोषी ठहर भइसकेका छन्, तर उनीहरूलाई राजनीति गर्न कुनै रोक छैन । तर उत्पीडित समुदायका आन्दोलनकारी नेता मात्र किन निशानामा रु’
थरुहट र मधेश आन्दोलनको सत्य छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन बर्षैँ बितिसक्दा पनि लुकाइएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको निम्ति ब्यालेटको माध्यमबाट प्रतिरोध गरौँ, मतको बलले अन्यायलाई चुनौती दिऔँ, किनभने प्रश्न एक जना रेशम चौधरीको मात्रै होइन, मधेश-थरुहट आन्दोलनलाई अपराधीकरण गर्ने निर्णयसँग छ।’
रामुपा, नाउपा नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जाँतो चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend