काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने आज रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने भएका छन् । आइतबार साँझ रुपन्देही पुगेका उनी आज रुपन्देहीका-५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।
दिनभर ५ वटा क्षेत्रका २६ स्थानमा पुगेर साँझ क्षेत्र नं ५ मा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीका सभापति डा।बुद्धिप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार बिहान ११ बजे क्षेत्र नं ३ को भैरहवा, १ बजे क्षेत्र नं ४ को कोटहीमाई मर्चवार क्षेत्रमा, २ बजे क्षेत्र नं ५ को पर्सहवामा, सवा ३ बजे क्षेत्र नं २ को मोतिपुर, बुटवल हुँदै नयाँगाउँ, सालझण्डी हुँदै सवा ६ बजे बुद्धजन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय भएको छ ।
त्यसतै रास्वपा ५ वटा निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने कार्यक्रम तय भए पनि धेरै ठाउँमा सम्बोधन नगर्ने र केही केही स्थानमा मात्रै सम्बोधन हुनसक्ने शर्माले बताए ।
रुपन्देहीको क्षेत्र नं १ मा रास्वपाबाट महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा लेखजंग थापा, ४ मा कन्हैया बनिया, ५ मा तौफिफ अहमद खान उम्मेदवार छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend