Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीका जनताको अधिकार र विकासका मुद्दामा निरन्तर सक्रिय रहने श्रेष्ठको प्रतिबद्धता


    आइतबार, माघ २५ २०८२
    345
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही निर्वाचन क्षेत्र न ३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले सर्लाहीवासीको अधिकार संरक्षण, स्थानीय विकास र राष्ट्रिय समृद्धिका लक्ष्यप्रति निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सर्लाहीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नो जन्म गोरखामा भए पनि आफू कुनै निश्चित स्थानमा सीमित नभई देश र जनताको हित जहाँ आवश्यक हुन्छ, त्यहीँ रहेर जिम्मेवारी निर्वाह गर्ने धारणा राखेका छन्। जनताको आवश्यकता र समस्यासँग जोडिएर काम गर्नु नै आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा उनले सुकुमबासी, अव्यवस्थित बसोबासी तथा श्रमजीवी परिवारको स्थायी आवास सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि लालपुर्जा वितरण र नागरिक अधिकारको सुनिश्चितताका विषयमा जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए ।

    श्रेष्ठले अधिकार संरक्षणका विषयमा अन्तिम समयसम्म अडिग रहने, विकास र समृद्धिको यात्रामा जनतासँगै संघर्ष गर्ने तथा व्यक्तिगत समस्या, अन्याय वा कठिनाइमा नागरिकको साथमा उभिने तीन वटा स्पष्ट प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरेका छन् ।

    उनले निर्वाचनको समयमा मात्र जनसम्पर्क गर्ने र पछि निष्क्रिय हुने प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गर्दै सेवा, न्याय, अधिकार र दिगो विकास केन्द्रित राजनीति अघि बढाउने आफ्नो दृष्टिकोण स्पष्ट पारेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार