काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् ।
नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले आमनागरिकको अपेक्षाअनुसार प्रहरी संगठन बनाउन यस्ता सम्मेलनले सहयोग पुग्ने बताए। गृहमन्त्री अर्यालले सम्मेलनबाट आएका राय सुझावलाई समेटेर अगाडि बढ्न गृह मन्त्रालयको साथ र सहयोग रहने बताए । प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्याको सम्मेलनमा गहन छलफल हुने उनले विश्वास लिए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको प्रयोगसँगै पछिल्लो समय बढ्दै गएका विभिन्न खालका अपराधलाई नियन्त्रण गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए । ‘परम्परागत अपराधसँगै संगठित अपराध, साइवर अपराध, अन्तरराष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको छ, यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ’, उनले भने । उनले समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको राय र सुझाव लिन सम्मेलनको आयोजना गरिएको बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनुपर्ने कदमबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend