Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङमा बस दुर्घटना, ५ घाइते


    आइतबार, माघ २५ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । धादिङको थाक्रेमा आज बिहान बस दुर्घटना भएको छ । थाक्रे गाउँपालिका–६ स्थित दशकिलोमा दुई यात्रुवाहक बस ठोक्किंदा भएको सो दुर्घटनामा ५ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुईवटा बस ठोक्किँदा सडकछेउमा रहेको चियापसल र त्यहाँ रहेका मानिससमेत घाइते भएका छन् । घाइते पाँचै उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    दाङबाट काठमाडौँ आउँदै गरेको रात्रीबस र काठमाडौँबाट त्रिशूली जाँदै गरेको बस आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार