काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राजीव खत्रीले बालेन्द्र साहले चढेको गाडीको बिषयमा बालेनले नै जवाफ दिनुपर्ने बताएका छन् ।
बालेनले श्रीराम टोबाको कम्पनीको गुट्खादेखि डिफेन्डर गाडीको कर छलीमा मुछिएका गुट्खा व्यापारी कमल किशोर मालपानीको ८ करोड भन्दा बढी पर्ने ल्याण्डरोभर गाडी चढेर झापामा चुनाबी प्रचारमा हिँडेपछी बालेनमाथि सबैतिरबाट प्रश्न उठाइएको थियो ।
खत्रीले एक युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा चुनावमा व्यापारीले दिएको सहयोग लिन पाइने भए पनि उनीहरुको स्वार्थ अनुसार काम गर्न नहुने उल्लेख गरेका छन् ।
उनले ८ करोडको गाडी चढेको बिषयमा बालेनलाई भेट्न नपाएको हुँदा आफुले प्रश्न सोध्न नसकेको भएपनि बालेन आफैंले जवाफ दिनुपर्ने बताए ।
मालपानीले बालेनलाई चुनावमा सहयोग गरेको उक्त गाडी १०१ प्रतिशत भन्सार छली गरेर हङकङबाट भित्र्यार्एको बिषय पनि सार्वजनिक भएको छ । जुन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।
मालपानी र भारतीय नागरिक राकेश अडुकियाले नक्कली कागजपत्र खडा गरी एक सय प्रतिशत भन्दा बढी राजश्व छली गरेर आधिकारिक विक्रेता नै नलिइ ल्याण्डरोभर कम्पनीको डिफेन्डर गाडी भित्र्याउँदै आएका हुन् ।
उनीहरुले भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका कर्मचारीहरुसँग सेटिङ गरी धेरै सवारीसाधनहरु कम राजश्व तिरेर भित्र्याइरहेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend