Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको साढे १८ लाख रकमसहित खत्री पक्राउ


    बिहिबार, माघ २२ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले १८ लाख ५० हजार स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

    उदयपुर घर भई काठमाडौं, कोटेश्वर बस्ने वर्ष ४५ का प्रबिन किसनलाई उक्त रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्र्रवक्ता एसपी पवनकुमार भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शङ्कास्पद तरिकाले हिँडिरहेको अवस्थामा खत्रीलाई बुढानिलकण्ठ नगरपालिका १ तौलुङ एरियाबाट पक्राउ गरेको जनाइएको छ ।

    बरामद रकम र खत्रीलाइए राजस्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार