काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको उल्लंघन बढ्दै गएको निष्कर्षसहित सरोकारवाला सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ।
आयोगले हालै गरेको अनुगमन तथा सरोकारवालासँगको छलफलका क्रममा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूबाट सार्वजनिक रूपमा मर्यादाविपरीत शब्द प्रयोग हुने र एक-अर्काविरुद्ध घृणाजन्य अभिव्यक्ति व्यक्त हुने गरेको पाइएको जनाएको छ। यस प्रकारका गतिविधिले निर्वाचन प्रक्रियालाई मानव अधिकारमैत्री बनाउने प्रयासमा बाधा पुर्याउने आयोगको ठहर छ।
आयोगका अनुसार पछिल्लो समय डिजिटल माध्यमको दुरुपयोग गर्दै व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने सामग्री उत्पादन र प्रचार गर्ने प्रवृत्ति बढ्दो छ। साथै, मतदातालाई कसलाई मतदान गर्ने भन्ने विषयमा प्रश्न गरी त्यसको अडियो वा भिडियो अभिलेख सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले गोप्य मतदान र गोपनीयताको अधिकारमा गम्भीर असर पुगेको उल्लेख गरिएको छ।
कतिपय सञ्चारमाध्यमबाट निर्वाचनअघि नै विजयी हुने उम्मेदवारबारे अनुमानसहित समाचार प्रकाशन हुँदा मतदातामा भ्रम सिर्जना भएको र मतदाता शिक्षा अपेक्षित रूपमा प्रभावकारी नभएको विषयप्रति पनि आयोगले ध्यानाकर्षण गराएको छ। यसैगरी, विभिन्न राजनीतिक दलका कार्यालयमा भएका तोडफोड र अवाञ्छित गतिविधिप्रति आयोगले चासो व्यक्त गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा राजनीतिक प्रतिस्पर्धाका क्रममा घृणायुक्त आरोप(प्रत्यारोप नगर्न, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ।
निर्वाचनलाई मर्यादित, निष्पक्ष र मानव अधिकार अनुकूल बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा सम्बन्धित सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने आयोगले पुनः स्मरण गराएको छ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend