Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंबाट उड्नासाथ इन्जिनमा आगलागी भएको टर्किस एयरको जहाज कलकत्तामा सकुशल अवतरण 


    बुधबार, माघ २१ २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंबाट टर्कीको इस्ट्यानबुलका लागि उडेको जहाज इन्जिनमा आगो लागेपछि कलकत्ता डाइभर्ट गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

    काठमाडौंबाट दिउँसो १३ः२९ मा उडान भरेको टीके–७२७रए३३३ उडान नम्बरको जहाजको दायाँ इन्जिनमा ‘फायर रिपोर्टिङ’ भएको कार्यालयले उल्लेख गरेको छ। काठमाडौं एप्रोच कन्ट्रोलमा उक्त रिपोर्टपछि जहाज कलकत्ता डाइभर्ट भएको विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

    त्यसपछि केही समय होल्ड गरी कलकत्ता डाइभर्ट भएको जहाज नेपाली समयअनुसार अपराह्न ३ः०३ मा विमानस्थलमा सकुशल अवतरण गरेको हो।

    जहाजमा २२५ यात्रु र चालक दलका ११ गरी जम्मा २३६ जना रहेका थिए।

    टर्किस जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार