काठमाडौँ। नेपाली काँग्रेसले झापा-५ निर्वाचन क्षेत्रमा अन्य दलसँग चुनावी सहकार्य हुने भन्ने चर्चा निराधार भएको बताएको छ। पार्टीका अनुसार सामाजिक सञ्जालमार्फत फैलाइएका सूचनाले मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको छ, जसको कुनै आधार छैन।
झापा क्षेत्रीय समितिका सभापति ढुण्डिराज भण्डारीले जारी गरेको विज्ञप्तिमा गलत उद्देश्य राखेका व्यक्तिहरूले कपोलकल्पित सामग्री प्रसार गरेको उल्लेख गर्दै यस्ता हल्लाबाट सतर्क रहन आग्रह गरिएको छ। विज्ञप्तिमा काँग्रेसको आधिकारिक धारणा पुनः स्मरण गराउँदै निर्वाचनअघि गठबन्धन नगर्ने विषयमा पार्टी नेतृत्वको सार्वजनिक प्रतिबद्धता यथावत् रहेको स्पष्ट पारिएको छ।
पार्टीले आफ्ना शुभेच्छुक र कार्यकर्तालाई अप्रमाणित सूचनाको पछि नलाग्न तथा निर्वाचनमा काँग्रेसको चुनाव चिह्न ‘रुख’ मा मतदान गर्न अनुरोध गरेको छ। झापा-५ मा काँग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ।
यस क्षेत्रको प्रतिस्पर्धामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह तथा नेकपा (एकीकृत समाजवादी) बाट रञ्जित तामाङ समेत उम्मेदवारका रूपमा मैदानमा छन्।
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend