काठमाडौँ । राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्र सेवाको भावना विकास गर्नु राज्यको प्राथमिकता भएको स्पष्ट पारेकी छन्।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीलेले हजारौँ युवामध्येबाट छनोट भई तालिम पूरा गरेका क्याडेटहरूलाई बधाई दिँदै अनुशासित, चरित्रवान र राष्ट्रप्रति समर्पित युवा नै देशको आधार स्तम्भ भएको उल्लेख गरिन्।
“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शअनुसार राष्ट्रिय सेवा दलले युवालाई देश, संस्कृति, इतिहास र राष्ट्रिय पहिचानप्रति जिम्मेवार नागरिक बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार उक्त तालिमको अर्को प्रमुख उद्देश्य विपद्का बेला उद्धार, राहत र सेवाका कार्यमा परिचालन गर्न सकिने प्रशिक्षित स्वयंसेवक तयार गर्नु हो, जसमा कार्यक्रमले प्रभावकारी भूमिका खेलेको छ। तालिममार्फत क्यारेटहरूले आधारभूत सुरक्षा र सैनिक कला, समसामयिक ज्ञान, नेतृत्व क्षमता, सामूहिक भावना तथा राष्ट्रिय एकताको अभ्यास गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन्।
समारोहमा प्रदर्शन गरिएको कवाजले क्याडेटहरूको अनुशासन, अभ्यास र परिश्रम झल्किएको भन्दै प्रधानमन्त्री कार्कीले युवामा देखिएको आत्मविश्वास र उत्साहले समाज र राष्ट्र निर्माणमा उनीहरूको नेतृत्वदायी भूमिका थप सशक्त हुने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्रीले दीक्षित क्याडेटहरूलाई अनुशासनलाई जीवनशैली बनाउने, राष्ट्र प्रेमलाई व्यवहारमा उतार्ने, विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकता मजबुत गर्ने, विपद्को घडीमा अग्रपंक्तिमा उभिने, नैतिकता र इमानदारीतालाई सर्वोपरि राख्ने तथा शिक्षा, सीप र आत्मविकासमा निरन्तर लागिरहने आग्रह गरिन् साथै उनले समाज र राष्ट्रप्रति जिम्मेवारी बोधका साथ सकारात्मक परिवर्तनमा सक्रिय भूमिका खेल्न पनि आह्वान गरिन्।
कार्यक्रमबारे जानकारी दिँदै प्रधानमन्त्रीले राष्ट्रिय सेवा दलले सरकारको नीतिअनुसार हरेक वर्ष क्याडेटको संख्या बढाउँदै दुर्गम तथा पिछडिएका क्षेत्रसम्म तालिम विस्तार गरिरहेको बताइन्। चालु आर्थिक वर्षमा देशभरका २५७ विद्यालयबाट ७ हजार ७१० जना क्याडेटलाई तालिम दिइएको छ, जसमा सिनियर डिभिजनतर्फ १ हजार ८० र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना रहेका छन्। हालसम्म करिब ९० हजार युवाले एनसीसी तालिम पूरा गरिसकेको तथ्य उनले उल्लेख गरिन्।
प्रधानमन्त्रीले तालिम सफल बनाउन योगदान पुर्याउने नेपाली सेना, राष्ट्रिय सेवा दल, स्थानीय तह, विद्यालय, शिक्षक, व्यवस्थापन समिति तथा अभिभावकप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्षहरूमा कार्यक्रमको दायरा थप विस्तार गरिने प्रतिबद्धता जनाइन्। उनले दीक्षित क्याडेटहरूको उज्ज्वल भविष्य, शैक्षिक तथा सर्वांगीण विकासको कामना गरेकी छन् ।
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend