मलंगवा । सर्लाहीका पत्रकार तथा रेडियो मलङ्वा ९५.६ मेगाहर्जका अध्यक्ष सरोज यादवलाई ज्यान मार्ने धम्की दिएको आरोपमा सशस्त्र प्रहरी बलका घुमुवा रोशन मिश्र गम्भीर विवादमा तानिएका छन् ।
विभिन्न सञ्चार माध्यममा आफूविरुद्ध समाचार प्रकाशित भएको विषयलाई लिएर मिश्रले पत्रकार यादवलाई पटक–पटक ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको छ । उक्त धम्की बरहथवाका व्यापारी राजेश महतो नुनियाको मोबाइल प्रयोग गरी रोशन मिश्र संलग्न समूहबाट आएको बताइएको छ । अडियोमा पत्रकार यादवको आयु कम भएको र ‘मार्न मान्छे लगाइसकिएको’ आशय स्पष्ट रूपमा सुन्न सकिन्छ ।

मलङ्वाबाट बरहथवा जाने क्रममा बरहथवास्थित हिरापुर ब्यारेज चोकमा पत्रकार यादवलाई घेरा हालेर खुलेआम धाकधम्की दिइएको थियो । उक्त घटनामा वीरगञ्जको आधा किलो सुन तस्करी प्रकरणमा मुछिएर निलम्बनमा परेका सशस्त्र प्रहरीका हवल्दार आत्माराम यादवको समेत संलग्नता रहेको पत्रकार यादवको दाबी छ ।
घटनास्थलमा प्रहरी चौकी हिरापुरका सई तोजेन्द्र बुढा क्षेत्री पुगेपछि धम्की दिने समूहबाट उद्घार गरेको बताइएको छ । त्यसपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सई बुढा क्षेत्रीले पत्रकार यादवलाई आफ्नै सवारीसाधनमा बरहथवासम्म सुरक्षित रूपमा पुर्याएका थिए ।
आत्माराम यादव यसअघि सुन तस्करीकै विवादमा भारतको सितामढीका व्यापारी डब्लु सिंहलाई अपहरण गरी सर्लाहीको मलङ्वास्थित सहारा गेस्टहाउसमा राखिएको घटनामा समेत जोडिएका व्यक्ति हुन । उक्त प्रकरणमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले छापा मारेर अपहृत व्यापारीको उद्धार गरे पनि मुख्य योजनाकार भनिएका आत्माराम यादव भने फरार हुन सफल भएका थिए । विभिन्न मुद्दा लागिसक्दा पनि उनीमाथि प्रभावकारी कारबाही नभएको आरोप लाग्दै आएको छ ।
स्रोतका अनुसार व्यापारीसँग असुली गर्न आत्माराम यादवले सशस्त्र प्रहरी बलको मुख्यालयका सहायक हवल्दार रोशन मिश्रलाई सघाउँदै आएका कारण उनीहरूबीच साँठगाँठ रहेको बुझिएको छ । यसअघि पनि रोशन मिश्रमाथि असुली तथा तस्करहरूसँगको सम्बन्धबारे आरोप लाग्दै आएका छन् । आफूलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालको निकट भएको भन्दै उनले सर्लाहीका ठूला व्यापारीसँग नियमित रकम उठाउँदै आएको आरोप स्रोतहरूले लगाएका छन् ।
आईजीपी अर्यालले सादा पोशाकमा घुमुवा परिचालन नगर्ने नीति लिँदै आएको अवस्थामा आईजीपीकै नाम जोडेर धम्की र असुली भएको भनाइ बाहिर आएपछि सशस्त्र प्रहरी बलको छविमाथि गम्भीर प्रश्न उठेको टिप्पणी हुन थालेको छ ।
यता, पत्रकार सरोज यादवले आफ्नो नाम जोडेर प्रकाशित केही समाचार आफूले नलेखेको र आफ्नो मिडिया बाहेक अन्य कुनै सञ्चार माध्यमसँग आबद्ध नरहेको स्पष्ट पारेका छन् । तथापि, आफू निरन्तर धम्की र असुरक्षाको अवस्थामा रहेको उनको भनाइ छ । आफू सशस्त्रका घुमुवा मिश्र र आत्माराम यादवबाट असुरक्षित भएको उनले बताए । यादवले भने–गुण्डा लगाएर मलाई घेरा हाली आक्रमणको प्रयास भयो । फोनमा ज्यान मार्ने धम्कीसमेत आएको छ । ज्यानको सुरक्षा गर्नका लागि सम्बन्धित निकायमा जानका लागि कानुन ब्यवसायीसँग परामर्श गरिरहेको छु ।
यति गम्भीर आरोप सार्वजनिक भइसक्दा पनि सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायबाट हालसम्म कुनै औपचारिक धारणा वा कारबाही सार्वजनिक गरिएको छैन ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend