वि.स. २०२६ साल माघ २६ गते सिन्धुली जिल्लाको साविक टाडी–६, धनसरीमा जन्मनुभएका डेकेन्द्रप्रसाद सुवेदी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली–१ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको छ ।
आमा सोमकुमारी र बाबु स्वर्गीय टेकप्रसाद सुवेदीका ९ सन्तानमध्येका छैटौं सन्तानका रुपमा जन्मनुभएका सुवेदी पेसाले कानून व्यवसायी हुुनुहुन्छ ।
यसोदाकुमारी दाहालसँग विवाह बन्धनमा बाधिनुभएका सुबेदीले समाजशास्त्र र मानव शाश्त्रमा एम.ए र बाणिज्य कानूनमा एलएलएम गर्नुभएको छ ।
राजनीतितर्फ लामो समयदेखि आवद्ध हुनुभएका उहाँ २०४२ सालमा अनेरास्वबियु पाँचौँको सदस्य, २०४५ सालदेखि नेकपा (माले)को सदस्य, २०४७ सालमा टाडीगाउँ न्यायिक कमिटीको सचिव, २०४७ पुस ९ गते नेकपा (एमाले)को संगठित सदस्य, २०४७ देखि २०५१ सम्म प्रजातान्त्रिक राष्ट्रिय युवासंघ नेपालको सिन्धुली क्षेत्र नम्बर १ को क्षेत्रीय सचिव भएर काम गर्नुभयो ।
२०४७ देखि २०४९ सम्म महेन्द्र विन्देश्वरी राजविराजमा अनेरास्वबियूको प्रारम्भिक कमिटीमा सक्रिय भई काम गरेको, २०५२ देखि २०५५ सम्म नेपाल ल क्याम्पसको प्रारम्भिक कमिटीमा रहेर काम गरेको, २०५५ देखि ०५७ सालसम्म कानून इलाका कमिटीमा रही सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यसैगरी, २०५२ देखि २०६५ सालसम्म नेकपा (एमाले) सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको सदस्य, सचिव तथा अध्यक्षको भूमिकामा रहेर काम गरेको, २०६५ साल जनकपुर अञ्चल कमिटीको सदस्य, सहसचिव तथा सचिवको भूमिकामा रहेर उल्लेखनीय कार्य गरेको, २०७१ सालमा नेकपा (एमाले) निकट कानून व्यवसायीहरुको संगठन पीपीएलएको कोषाध्यक्ष र माओवादीसँग पार्टी एकता पश्चात् नेपाल लयर्स एशोसिएसन (एनएलए) को केन्द्रीय आर्थिक विभाग प्रमुख रहनुभयो ।
एमाले– एमाओवादीबीचको एकता पश्चात् बागमती प्रदेश कमिटीको सल्लाहकार, एमाले पार्टीसँग विद्रोह गर्दा बागमती प्रदेश कमिटी सदस्य, समानान्तर सदस्य विद्रोह पश्चात् समाजवादी पार्टी बागमती प्रदेश कमिटीको सदस्य कानून व्यवसायी संगठन एसपीएलएको केन्द्रीय अध्यक्ष तथा पार्टी निर्वाचन आयोगको अध्यक्ष, हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भई काम गर्दै आउनुभएका सुवेदीसँग चुनावको अवस्थाका बारेमा लिइएको छोटो र समसामायिक अन्तर्वार्ताः
तपाईंको जितका आधारहरु के के छन् ?
हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टी र यसका नेताहरु लामो संघर्ष र युद्धबाट खारिएर राजनीतिमा आउनुभएको छ । देशको समग्र समृद्धि र समाजवादको स्थापनाका लागि हरदम सक्रिय भूमिका निभाउनुभएको छ । नेपालको भूराजनीति राम्ररी बुझ्नुभएका तीन जना पूर्व प्रधानमन्त्रीहरु, तीन चार जना उपप्रधानमन्त्री भएर देशको भविष्य कोर्ने मार्गमा अविचलित भई लागिपर्नुभएको छ । यसै कारण पनि हाम्रो पार्टीलाई बहुमत दिनुपर्छ भन्ने विषयमा यो देशका आम जनता, विज्ञहरु, शिक्षक, कर्मचारी, पेशा व्यवसायी, किसान र मजदूरहरु हामीप्रति विश्वस्त हुनुहुन्छ । त्यसैले पनि यो पार्टीलाई बहुमत दिनुपर्छ भन्ने धेरै गाउँहरुमा म आफंै पुग्दा जानकारी पाएको छु । अतः हाम्रो जित सुनिश्चित नै छ ।
तपाईं सिन्धुली–१ मा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवारका रुपमा प्रतिनिधिसभाको निर्वाचनमा होमिनुभएको छ, तपाईंले जित हासिल गर्नुभएको खण्डमा के–के प्राथमिकतामा परेका छन् ?
म लामो समयदेखि कानूनी क्षेत्रमा आम जनताका लागि वकालत गर्दै आएको छु । यस क्षेत्रमा रहेको चुनौती र सुधारका विषयवस्तुहरु बुझेका कारण र उक्त कुराले यस क्षेत्रमा पनि हरेक विकासमा प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा मेरो उम्मेद्वारी परेको हो । यसरी मेरो जोड नै सुधार र नीतिगत विकासका लागि रहेको छ ।
यो क्षेत्रमा खास समस्याहरु के के छन् ?
हाम्रो क्षेत्रमा बाटो, विद्युत, शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरुलाई मध्यनजर गर्दै त्यस क्षेत्रका नीतिगत समस्याहरु र भौतिक जटिलताहरुलाई सुधार गर्नका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी विकासका काममा लाग्न जरुरी छ ।
तपाईंको क्षेत्रका तराई भेगमा के कस्ता समस्याहरु छन् ?
तराई क्षेत्रमा बिभिन्न खोलाहरु र नदीजन्य कटानबाट आमजनताका भौतिक सम्पत्तिका सुरक्षाका लागि तटबन्ध गरी स्थायी समाधान खोज्न विशेष जोड दिनेछु । यसका लागि केन्द्र सरकारसँग पहल गर्नेछु ।
कृषि क्षेत्रमा पनि खास समस्याहरु छन् कि ?
कृषिजन्य उत्पादन पहाडबाट तराईमा बजारीकरण र दूग्धजन्य उत्पादनलाई कृषकको आवश्यकता अनुसार वैज्ञानिक ढंगले प्रशोधन गर्ने र दीर्घकालिन समाधान खोज्ने काम गर्नेछु । जसबाट किसान र उपभोक्त दुबै लाभान्वित हुन सकून् ।
सिन्धुली जिल्ला जुनारका लागि पनि अति प्रख्यात मानिन्छ । जुनारलगायतका फलफूलको व्यवस्थापनका लागि पनि केही योजना छन् कि ?
सिन्धुलीको पहाडी भेगमा उत्पादित जुनार तथा तराईमा उत्पादन हुने ड्रागन फ्रुट, आँप जस्ता फलफूलको उपभोगमा व्यवसायिक प्रयोजनका लागि चिस्यान केन्द्रको प्रबन्धका लागि पहल गर्नुपर्ने देखिन्छ । त्यसपछि बेसिजनमा पनि किसानहरुले मनग्य आम्दानी गर्न सक्छन् ।
नेपालका युवाहरु रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढेको छ । त्यसमा सिन्धुली जिल्ला पनि अछुत छैन । तपाईं के भन्नुहुन्छ ?
हाम्रा युवाहरु विदेशिनुको मूख्य कारण नै यो देशमा केही पनि गर्न सकिंदैन भन्ने भाष्यको विकास हुनु पनि हो । यसलाई छुट्टै नीति निर्माण गरी भ्रष्टाचारजन्य र सेवाग्राहीले पाउने कानूनी तथा कार्यालयका उल्झनहरुलाई हटाउनका लागि जोडदार रुपमा लाग्नुपर्दछ । यो क्षेत्रमा अस्पताल, प्राविधिक शिक्षा र कृषि सम्बन्धी परिवर्तनको ठूलो खाँचो छ । युवाहरु देशका कर्णधार हुन् । उनीहरु बिना देश समुन्नत हुन सक्तैन ।
तपाईंको जितका आधारहरु के के छन् ?
म यस भेगमा हुर्किएर यहाँको समाजका लागि क्षेत्रबाट केन्द्रसम्मको समस्याका लागि आजसम्म देखेका भोगेका र राष्ट्रनिर्माणमा बिभिन्न अनुसन्धान गर्ने समूहबाट आएका विकल्पहरु सुनेर समाधानका दिशामा लाग्नेछु । मेरो पछाडि म मात्रै नभएर मेरो सिंगो पार्टी, अनुसन्धान गर्ने समूह, विज्ञ व्यक्तिहरु, यस क्षेत्रका भद्र भलाद्मीहरुसँग पनि बुझेर मैले देखेको समृद्ध सिन्धुलीलाई तपार्इंहरुको मतले पूरा गर्ने मद्दत पुग्ने आशा गरेको छु ।
अन्त्यमा केही भन्नु छ कि ?
यो देशमा पपुलिजम्बाट सिन देखिएका धेरै पार्टी र त्यसका पात्रहरु यो मैदानमा हुनुहुन्छ । तर, देश र जनताका लागि सुशासन स्थापना गर्नसक्ने, देशका हितमा काम गर्ने, किसान, मजदूरलगायतका समस्या समाधान गर्नसक्ने, समावेशिता, धर्मनिरपेक्षता, संघीयता, दलित, मधेसी, मुस्लिमहरुको हितमा सधंै वकालत गर्ने पार्टी नै नेपाली कम्युनिस्ट पार्टी हो । त्यसैले यो पार्टीलाई तारा चिन्ह्रमा मत दिएर विजयी मलगायत देशभरका हाम्रो पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनुुुहुन मेरो क्षेत्र सिन्धुली लगायत देशभरका आम जनसमुदायमा तपाईको मिडियामार्फत् अनुरोध गर्दछु
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend