काठमाडौं । उज्यालो नेपाल पार्टी ९उनेपा० का अध्यक्ष कुलमान घिसिङले देशभर १६५ निर्वाचन क्षेत्रमध्ये १२१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले चुनाव जित्ने बताएका छन् ।
चुनावी प्रचारका क्रममा सोमबार सिमरा पुगेका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा उम्मेदवार बनेका अधिकांशले चुनाव जित्ने बताएका हुन् ।
‘धेरै सीट जित्छौँ र नजितेको ठाउँमा प्रतिस्पर्धामा आउँछौँ,’ घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्।
अध्यक्ष घिसिङ घिसिङ काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । सञ्चारकर्मीले झापा ५ को चुनावबारे दिएको चासोमा घिसिङले जनताले जे निर्णय गर्छन् त्यहिँ स्वीकार्ने जवाफ फर्काएका छन् ।
झापा ५ को निर्वाचनको सन्दर्भमा उनले भने, ‘हाम्रो पनि उम्मेदवारी छ। अब जनताले निर्णय गर्ने कुरा हो। जनताले जे निर्णय गर्छन् त्यही हुन्छ ।’ झापा ५ मा नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र शाह ९बालेन० चुनावी मैदानमा छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend